जनता टाइम्स

९ जेष्ठ २०८२, शुक्रबार ०९:२७

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै


काठमाडौं, ९ जेठ । लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रस्तावलाई सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

गत जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । अब नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।