काठमाडौं १७ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । उहाँहरूबीच शनिबार चीनको गान्सुमा भेटवार्ता भएको हो । चीन भ्रमणमा रहनुभएकी भण्डारीले गरेको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको नेताहरूले बताएका छन् । यसअघि उहाँले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गर्नुभएको थियो । भण्डारी गत जेठ १० गतेदेखि चीन भ्रमणमा हुनुहुन्छ ।
भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल छन् । एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट भ्रमण टोलीमा छन् ।
प्रतिक्रिया दिनुहोस्