जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार १९:१८

विकासका लागि अहिलेकै व्यवस्था उत्तम : उपप्रधानमन्त्री सिंह


काठमाडौं, १७ जेठ ।  उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विकासका लागि अहिलेका राजनीतिक व्यवस्था नै उत्तम व्यवस्था भएको बताउनुभएको छ । नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिको कार्यालयमा शनिवार आयोजित संक्षिप्त कार्यक्रममा उहाँले विगतमा र अहिले विकासमा धरै परिवर्तन आएको बताउनुभयो । विकासका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानअनुसारको व्यवस्था नै उत्तम व्यवस्था भएको उहाँको भनाई थियो ।

०४६ सालपछि लोकतन्त्र पुनः स्थापनासँगै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतमा क्रमिक विकास भएको बताउनुभयो । नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिले काभ्रेमा किसानहरूले मलको समस्या बेहोर्नुपरेको भन्दै उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराउनुभएको थियो । सो क्रममा उपप्रधानमन्त्री सिंहले कृषिमन्त्रीसँग कुरा गरेर मलको समस्या हुन नदिनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।