जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार ०७:१७

आज पनि सातै प्रदेशमा वर्षा जारी रहने


काठमाडौँ, १८ जेठ ।  आज आइतबार पनि देशभर विभिन्न स्थानमा जारी रहने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,

आज दिउँसो: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको सम्भावना छ।

आज राति: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

हाल देशका पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव छ।