जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार १२:२४

रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपाल भ्रमण गर्न एमालेको निम्तो 


काठमाडौं, १८ जेठ । नेकपा एमालेका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण  भ्रमणको निमन्त्रणा पठाउनु भएको छ ।

ओलीले पठाउनुभएको निमन्त्रणापत्र रसियाको भ्रमणमा रहनु भएका नेकपा (एमाले) स्थायी कमिटीका सदस्य राजन भट्टराईले महासचिव जुगानोभलाई हस्तान्तरण गर्नुभएको हो । महासचिव जुगानोभले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बचन दिनुभएको छ ।

जुगानोभसँगको भेटमा एमाले नेता भट्टराईका अलावा नेपालका प्रधानमन्त्रीका आइटीविज्ञ अस्गर अली, नेपालका लागि रसियन फेडरेशनका महामहिम राजदूत जङ्गबहादुर चौहान तथा प्रवासी नेपाली मञ्च रसियाका अध्यक्ष दीनानाथ राजभण्डारीको पनि उपस्थिति रहेको थियो ।

करिब डेढ घण्टा लामो भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका विविध विषयमा छलफल भएको छ ।