काठमाडौं, १८ जेठ । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
गृह मन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरको प्रमुख जिल्ला अधिकारी फेरेका हुन् ।
सरुवा सूची अनुसार, मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथरमा पठाइएको छ । कास्कीमा बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पठाइएको छ । कास्कीका सीडीओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ ।
प्रतिक्रिया दिनुहोस्