जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार २०:५७

कमल थापा, दिपक सिंहसहित सात जना रिहा, एक जनालाई मुद्दा चल्ने


काठमाडौं, १८ जेठ । राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा हुनुभएको छ ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उहाँ पक्राउ पर्नुभएको थियो । प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका सांसद दिपक सिंहसहित सात जनालाई जिम्मा जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिनुभएको छ ।

आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने हुनुभएको छ । उहाँलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका ८ जना मध्ये ७ जनालाई प्रहरीले रिहा गरेको हो ।

रौतहट घर भएका ४५ वर्षीय झाले मापसे गरेको भेटिएको छ । आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको थियो ।