जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार ०७:०८

बजेटमाथि छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौं, जेठ १९ । सत्तारुढ नेकपा एमालेले संसद्‍मा प्रस्तुत बजेटमाथि छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ।

समसामयिक बिषय र संसद्मा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे पार्टी संसदीय दलको बैठक बोलाइएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

एमाले संसदीय दलको कार्यालय लोत्से हल बानेश्वरमा बैठक बस्ने छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका बजेट जेठ १५ गते संसद्‍मा प्रस्तुत गर्नुभएको थियो ।