जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार १२:२०

काठमाडौंमा प्रहरीको निःशुल्क बस सञ्चालन


काठमाडौं, १९ जेठ ।  व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आजकाठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले दुई वटा रुटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ । नक्सालबाट बालुवाटार, महाराजगञ्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ ।

यस्तै नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक, चावहिल, सुकेधारा, चक्रपथ, महाराजगञ्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ ।