जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार १७:२९

प्रचण्डलाई विशेष कुर्सी


काठमाडौं, १९ जेठ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरू भएको हो ।

बैठक प्रतिनिधिसभाको आगामी बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित छ । त्यसबाहेक पनि बैठकमा अर्को एउटा फरक दृष्य देखिएको छ ।

बैठकमा प्रधानमन्त्री कार्यालयले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्नका लागि एकै किसिमको कुर्सीको व्यवस्था गरिएको छ ।

यसअघि तीन नेताले भेट्दा प्रचण्ड र देउवा छेउका सोफामा दायाँ बायाँ बस्नुभएको हुन्थ्यो भने प्रधानमन्त्री बीचमा विशेष कुर्सीमा बस्नुभएको देख्न सकिन्थ्यो तर सत्ताधारी दुई दलको बैठकमा भने यस अघिदेखि नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका लागि विशेष कुर्सीको व्यवस्था गरिँदै आइएको छ ।

माओवादी सहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री कार्यालय प्रचण्डका लागि पनि विशेष कुर्चीको व्यवस्थापन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।