के.वी. । नेपालको राजनीतिक परिदृश्यमा नेकपा एमाले (नेकपा – एकीकृत मार्क्सवादी–लेनिनवादी) एक प्रमुख शक्ति हो। विशेष गरी, पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विगत दुई दशकभन्दा बढी समय नेपाली राजनीतिमा गहिरो प्रभाव जमाएका छन्। उनी दुई पटक प्रधानमन्त्री बने, शक्तिशाली निर्णयहरू गरे, र एमालेलाई राष्ट्रिय स्तरको ठूलो पार्टी बनाउँदै लगे। तर यत्तिकै सफलताले सबैको समर्थन ल्याउँदैन। यिनै सफलतासँगै आलोचना पनि बर्सिरहन्छ। केहीको दृष्टिमा, ओली नेतृत्वको आलोचना गर्नु एउटा वैचारिक वा लोकतान्त्रिक अभ्यास हो भने अर्काको नजरमा यो आलोचना देश लुट्न नपाएका वा सत्ता सुँघ्न नपाएका मानिसहरुको झोक हो।
आलोचना कहाँबाट आउँछ?
राजनीतिमा आलोचना अस्वाभाविक होइन। तर प्रश्न उठ्छ – ओली र एमालेको विरोध किन भइरहेको छ ? विरोध गर्नेहरू को हुन् ? के ती देशप्रेमी छन्, कि अवसरवादी? यतिका समय एमाले सत्तामा रहँदा भएका काम, योजनाहरू, नीति, अनि ओलीले लिएको राष्ट्रवादी स्ट्यान्डप्रति विरोध किन र कसरी उत्पन्न भयो?
विरोधका केही प्रमुख श्रोतहरुः
-
राजनीतिक प्रतिद्वन्द्वीहरू: नेपाली कांग्रेस, माओवादी केन्द्र, र अन्य दलहरूले स्वाभाविक रूपमा एमाले र ओलीको विरोध गर्छन्, किनभने उनीहरू चुनावी प्रतिस्पर्धी हुन्। उनीहरूका लागि एमाले कमजोर हुनु नै फाइदाजनक हुन्छ।
-
विचारधारात्मक विरोधीहरू: केही व्यक्तिहरू मार्क्सवादी–लेनिनवादी विचारधारासँग असहमत छन्। उनीहरू समाजवाद वा कम्युनिजमको सट्टा उदारवादी, लोकतान्त्रिक प्रणाली वा पूँजीवादी ढाँचालाई समर्थन गर्छन्। यसैले उनीहरूको विरोध वैचारिक हो।
-
आर्थिक अवसर गुमाएका समूहहरू: यस्तो विरोध गर्नेहरू मुख्यतया अघिल्लो सत्ता संरचनाबाट फाइदा लिने बर्ग हुन्। एमालेको सरकार आएपछि उनीहरूको पहुँच, ठेक्का, नियुक्ति, आर्थिक लाभ रोकिएको हुनसक्छ। यस्तो अवस्थामा, उनीहरू स्वाभाविक रूपमा ओलीको विरोधमा उत्रिन्छन्।
ओलीको राष्ट्रवादी छवि
ओलीको आलोचना गर्नेहरूले जतिसुकै भाषण दिए पनि उनले देखाएको राष्ट्रियता अस्विकार गर्न सकिँदैन। भारतले गरेको नाकाबन्दीको सामना, नेपालको नक्सा परिमार्जन गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गर्ने कदम, विदेशी हस्तक्षेपविरुद्ध स्पष्ट स्ट्यान्ड लिने जस्ता कार्यहरूले ओलीलाई ‘राष्ट्रवादी नेता’को रूपमा चित्रित गर्यो।
तर यस्ता राष्ट्रवादी स्ट्यान्डले केहीलाई असहज बनायो। विदेशी शक्ति केन्द्रहरू, विशेषाधिकार गुमाएका ठेकेदारहरू, अनि ‘NGO नेटवर्क’ चलाउनेहरूको पहुँचमा असर पर्यो। यस्तो अवस्थामा उनीहरू कसरी चुप लाग्न सक्थे? उनीहरूले विरोधकै बाटो रोजे। तर त्यो विरोध राष्ट्रहितमा थिएन, बरु व्यक्तिगत स्वार्थमा आधारित थियो। नेपालको राजनीतिको एउटा कटु यथार्थ के हो भने – धेरैले राजनीतिलाई सेवा होइन, व्यापारको माध्यम बनाएका छन्। कोही मन्त्रालयमा पुग्न चाहन्छन् ठेक्का/कमिसनको लागि, कोही राष्ट्रिय योजना आफ्नो पक्षमा घुमाउन चाहन्छन्। ओली नेतृत्वमा यस्तो कार्यशैलीमा केही अंकुश लगाइयो। नियुक्तिहरूमा पार्टीको आन्तरिक अनुशासन, पारदर्शिता र मापदण्डहरूको कुरा गरियो। यसैले धेरै पुराना खेलाडीहरू असहज बने। त्यसैले, जब उनीहरूलाई सत्ताबाट टाढा राखियो, अनि आर्थिक अवसर गुम्यो, उनीहरूले ओलीको विरोध गर्न थाले।
सामाजिक सञ्जालको युगमा सूचना त छिटो फैलन्छ, तर भ्रम पनि त्यत्तिकै छिटो फैलिन्छ। केही युट्युबर, पत्रकार, ब्लगरहरूले प्रचारको नाममा अर्धसत्य, गलत सन्दर्भ, र ‘क्लिकबेट’ सामग्री बनाउँछन् जसले युवालाई भावनामा बहाउँछ। ओलीको विरोध गर्नेहरू धेरैजसो सामाजिक सञ्जालमा सक्रिय छन्, तर सबैमा तथ्य छैन।
यथार्थमा हेर्दा, ओलीको विरोध गर्नेहरू धेरैजसो देशभक्त होलान् भन्ने ग्यारेन्टी छैन। उनीहरूबीच कतिपयले कहिले केही योगदान गरेका छैनन्, बरु देशलाई अस्थिर बनाउने प्रयत्न गरेका छन्। जब लुट्न पाइएन, खान पाइएन, अनि सत्तामा पुग्ने बाटो बन्द भयो, तब विरोध स्वाभाविक भयो। यसैले धेरै मानिसहरू भन्छन् – “देश लुट्न नपाएका र खान नपाएका हरुले मात्र एमालेको र ओलीको विरोध गरेका हुन्।“
राजनीतिमा आलोचना हुनु स्वाभाविक हो। आलोचना राष्ट्रहितमा हो भने त्यो स्वागतयोग्य हो। तर आलोचना व्यक्तिगत स्वार्थ, गुमेको पहुँच वा लुटिएका आर्थिक स्रोतहरू फर्काउनका लागि हो भने त्यो राष्ट्रघातको रूप हो। अहिलेको अवस्थामा हेर्दा, ओली र एमालेप्रति भइरहेको धेरै विरोध तिनै मानिसहरूबाट आइरहेको छ जो सत्ता, सुविधा र संजाल गुमाएका छन्। यिनका लागि ओली बाधा हुन्, देश होइन। नेपाली राजनीतिमा केपी शर्मा ओली एक चर्चित र प्रभावशाली व्यक्तित्व हुन्, नेकपा एमालेलाई देशको प्रमुख शक्तिशाली पार्टी बनाउँदै लगे, र अन्तर्राष्ट्रिय कूटनीतिमा समेत असाधारण पहिचान बनाउन सफल भए। यस्तो नेतालाई समर्थन गर्नेहरू जति छन्, आलोचना गर्नेहरू पनि त्यत्तिकै छन्। तर अहिलेको परिस्थितिमा एउटा बहस व्यापक रूपमा उठ्दैछ – ओलीको विरोध गर्नेहरू को हुन्?
धेरैको भनाइ छ कि “ओलीको विरोध गर्नेहरू प्रायः काम नपाएका, बेरोजगार, र असफल व्यक्तिहरू हुन्।” यो भनाइ एकपल्ट सुन्दा त अतिरञ्जित जस्तो लाग्न सक्छ, तर गहिरिएर विश्लेषण गर्दा धेरै ठाउँमा यसको आधार भेटिन्छ। किनभने जब कुनै राष्ट्रवादी नेता देशको हितका लागि खडा हुन्छ र अवसरवादीहरूलाई पन्छाउँछ, तब असन्तुष्टहरूको बर्ग बढ्छ – र तीमध्ये ठूलो हिस्सा बेरोजगार र असफल मानिसहरूको हुन्छ।
समाजमा बेरोजगारी केवल आर्थिक अवस्था होइन, यो मानसिक अवस्था पनि हो। जब कुनै व्यक्तिको सीप, ज्ञान वा श्रमलाई प्रयोग गर्ने ठाउँ हुँदैन, तब ऊ असन्तुष्ट, चिढचिढो, र आक्रोशित बन्छ। यही आक्रोश उसले समाज र राजनीतिक प्रणालीप्रति पोख्छ। केपी ओली नेतृत्वको सरकारप्रति भइरहेको विरोधको मूलमा यस्तो मानसिकता व्यापक देखिन्छ। तीमध्ये धेरै जना यस्ता छन्, जसले जागिर खोजे, नपाए। ठेक्का खोजे, पाएनन्। आफन्तलाई नियुक्ति गराउन खोजे, मिलेन। अनि सरकार र नेताविरुद्ध उत्रिए। यो विरोध राजनीतिक वा वैचारिक भन्दा बढी व्यक्तिगत आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो।
सामाजिक सञ्जालका बेरोजगार विरोधीहरू
अहिले विरोधको प्रमुख माध्यम बनेको छ – सामाजिक सञ्जाल। फेसबुक, युट्युब, ट्विटर (एक्स), टिकटक आदिमा ओलीको विरोध गर्नेहरू प्रचुर छन्। तर तीमध्ये धेरै जना यस्तो वर्गका छन्:
-
काम नगरेका युट्युबरहरू, जसले सरकारबिरुद्ध हेडलाइन राखेर ‘क्लिकबेट’ बनाउँछन्।
-
बेरोजगार ब्लगर र स्वतन्त्र पत्रकार, जसको आर्थिक स्रोत छैन, तर राजनीतिक आक्रोश छ।
-
तथ्यभन्दा भावना बेच्ने टिकटकर्स, जसले ‘ट्रेन्ड’ चलाउने नाममा झूठो प्रचार गर्छन्।
यीमध्ये धेरैले ओलीको कुनै ठोस नीति, योजना, वा उपलब्धिबारे विश्लेषण गरेको पाइँदैन। बरु गाली, व्यंग्य, र तुच्छ आरोप मात्रै सुनिन्छ। यस्तो प्रचार किन? किनभने उनीहरूको कुनै व्यावसायिक र वैचारिक आधार छैन। केवल आक्रोश छ – जो बेरोजगारीको उपज हो।
केपी ओली प्रधानमन्त्री हुँदा विभिन्न ठाउँमा सुधार र पारदर्शिता ल्याउने प्रयास गरे। नियुक्तिमा राजनीतिक सिफारिश भन्दा योग्यता, र काममा पारदर्शिता प्राथमिकतामा राखियो। यसले गर्दा दलालहरू, फाइदा खोज्नेहरू, र ठेक्कापट्टा लिनेहरू को पहुँच सिमित भयो।
यसबाट अप्ठ्यारोमा परे धेरै व्यक्ति:
-
जो कहिल्यै अफिस नगई तलब खाने योजना बनाउँथे।
-
जो मन्त्रीको गेटमा बसेर जागिरको सिफारिस लिँदै हिंड्थे।
-
जो पार्टीको नाममा ‘गुट’ बनाएर फाइदा बटुल्थे।
ओलीले यस्तो प्रवृत्तिमा अंकुश लगाएपछि उनीहरू विपक्षी भए। उनीहरू सँग ठोस आरोप थिएन, तर आरोप बनाउने ‘झूठो कथा’ थियो। अनि उनीहरूले बेरोजगारहरूलाई प्रयोग गर्न थाले – चिया पसल, फेसबुक समूह र युट्युब अन्तर्वार्तामा।
राजनीतिमा विरोध स्वाभाविक हो, तर त्यो वैचारिक आधारमा हुनुपर्छ। ओलीप्रति हुने विरोधमध्ये धेरैजसो व्यक्तिगत तुष, असन्तुष्टि, र ‘खुट्टा तान्ने मानसिकता’ बाट निर्देशित छ।
धेरै बेरोजगार युवाहरू, जसले जीवनमा केही उपलब्धि गर्न सकेका छैनन्, तर समाज वा राष्ट्रका लागि केही योगदान दिन चाहँदैनन्, उनीहरूले आफू असफल भएको दोष राजनीतिलाई दिन्छन्। ओली ‘सिंबोल’ भएकोले उनीहरू ओलीलाई दोष दिन्छन्। किनभने:
-
उनीहरूलाई कुनै गुटले पद दिएन।
-
उनीहरूको टिकटक वा युट्युबले तलब दिएन।
-
समाजमा पहिचान बनाउन असफल भए।
अब प्रश्न उठ्छ – यस्तो विरोध के राष्ट्रका लागि हो, कि आफ्नो ईगो सन्तुष्टि गर्न हो?
नेपालमा एउटा वर्ग छ, जसले आफूलाई बौद्धिक, प्रगतिशील वा लिबरल भन्छ। उनीहरू प्रायः NGO वा बाह्य स्रोतमा आधारित हुन्छन्। तर तीमध्ये धेरै बेरोजगार हुन् – उनीहरूको विचार बाहेक आम जनतालाई उपयोग छैन। तिनले पुस्तक लेखेका छन्, तर पढ्ने मान्छे छैन। उनीहरूको लेख अखबारमा छापिन्छ, तर प्रभाव छैन।
यस्ता बौद्धिक बेरोजगारहरू ओलीको राष्ट्रवादी नीति, प्रस्ट भाषा, र आम जनताको भावनासँग मेल खाने शैलीसँग असहज हुन्छन्। किनभने उनीहरूलाई ‘पढेलेखेकै कुरा ठूलो’ भन्ने भ्रम छ। यिनीहरूको विरोध पनि कामको माध्यम नभई झोंकको अभिव्यक्ति हो। यो सत्य हो कि प्रधानमन्त्री ओली र एमालेका आलोचक भनेका सबै बेरोजगार र मनरोगले ग्रस्सीत मानिसहरुमात्र हुन ।
प्रतिक्रिया दिनुहोस्