काठमाडौं, २० जेठ । आज दिउँसो २ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।
प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्ने गरी सारिएकाे सूचना टाँस गरिएको हो । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद् चल्न नदिने अडान राखेपछि आवश्यक छलफल र तयारीका लागि बैठक स्थगित गरिएको छ ।
आज बिहान बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको थियो । सभामुखसँग भएको मुख्य सचेतक र प्रमुख सचेतहरूको छलफलमा प्रतिपक्षी दलहरू गृह मन्त्रीलाई बोल्न दिन सकारात्मक देखिएका थिए । त्यसैले दिउँसो २ बजेको लागि बैठक बोलाइएको थियो ।
तर पछि पुन उनीहरूले गृह मन्त्रीको राजीनामा, छानबिन समिति गठन लगायतका माग राखेर संसद् चल्न नदिने अडान उनीहरूले दोहोर्याएपछि आजको बैठक सुरु नै नभई सूचना टाँसेर भाेलिलाई सारिएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्