जनता टाइम्स

२० जेष्ठ २०८२, मंगलवार २०:०२

प्रधानमन्त्री ओली असार १४ गते स्पेन जाने


काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन जादै हुनुहुन्छ । प्रधानमन्त्री आउँदो असार १४ गते चार दिने भ्रमणका लागि स्पेन प्रस्थान गर्न लाग्नुभएको हो।

प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लाग्नुभएको हो । उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहनेछ ।