जनता टाइम्स

२२ जेष्ठ २०८२, बिहीबार ०९:२३

काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी


काभ्रेपलाञ्चोक, २२ जेठ । काभ्रेमा बाबुला बोकेको टिपरमा आगलागी भएको छ ।पाँचखाल नगरपालिका–५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो । एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।