काठमाडौं, २४ जेठ । आज देशका धेरै ठाउँको मौसम सफा छ । कोशी र बागमती प्रदेशसहित देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशीका धेरैजसो भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
काठमाण्डौ उपत्यकासहित अरू बाँकी ठाउँमा आज मौसम सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । कोशी प्रदेशका थोरै ठाउँ तथा अरू पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी नै आउने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । आज उच्च–पहाडी तथा हिमाली एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्