जनता टाइम्स

२४ जेष्ठ २०८२, शनिबार १३:०५

 आफैँ बिचमा लड्ने प्रवृत्तिले कांग्रेस कमजोर भयो : डा. शेखर कोइराला


काठमाडौं, २४ जेठ । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस जुन हिसाबले अघि बढ्नु पर्ने हो त्यो हिसाबले अघि बढ्न नसकेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले आफैँ आफैँ बिचमा लड्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाएको बताउनुभयो ।  ‘अहिले हामी सबैभन्दा ठुलो पार्टी छौँ, सबैभन्दा ठुलो पार्टी हुँदाहुँदै पनि करिब तीन वर्षदेखि केही भएको छैन’, उहाँले भन्नुभयो ।

उहाँले नेपाली कांग्रेस चलायमान हुनै नसकेको बताउनुभयो । तल रहेका पार्टीका कार्यकर्ता चलायमान भएका भए पनि नेतृत्व उनीहरूका कुरा सन्न तयार नरहेको उहाँको धारणा छ ।

कोइरालाले नेतृत्व विरुद्ध प्रश्न राख्न सक्नु पर्ने बताउनुभयो । नेतृत्व विरुद्ध प्रश्न नराख्ने हो भने दास होइन बताउँदै उहाँले कांग्रेसका कार्यकर्ता कसैको दास बन्न नसक्ने स्पष्ट पार्नुभयो ।