जनता टाइम्स

३ असार २०८२, मंगलवार १५:४३

बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै 


काठमाडौं, ३ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

बैठक बुधबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा छलफल हुने एजेण्डा बारे कोही खुलाइएको छैन ।

गृह मन्त्री रमेश लेखकको राजीनामा माग गरेर रास्वपाले संसदमा नारा जुलुस गरिरहेको बेला कांग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।