जनता टाइम्स

११ असार २०८२, बुधबार १९:५५

माधव नेपाललाई भेट्न अदालतमा झाँक्री


काठमाडौं, ११ असार।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेतृ राम कुमारी झाँक्री विशेष अदालत पुग्नुभएको छ । झाँक्री बुधबार साँझ पार्टी अध्यक्ष नेपाललाई भेट्न अदालतको इजलास कक्षमै पुग्नुभएको हो । पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेपछि उहाँ आज अदालत पुग्नुभएको हो । थुनछेक बहस सकिएसँगै न्यायाधीशहरू आदेश लेखनमा जुटेका छन् । नेपालसहित कानुन व्यवसायीहरू इजलास कक्षभित्रै आदेशको पर्खाइमा छन् ।