जनता टाइम्स

१४ असार २०८२, शनिबार २०:१६

विद्या भण्डारीका नाममा अवसरवादी तत्त्वहरू सल्बलाइराखेका छन् – शंकर पोखरेल


काठमाडौं, १४ साउन ।  सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर नजाने’ टिप्पणी गर्नुभएको छ ।

नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले शनिबार मदन जयन्तीको अवसरमा आयोजित बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै त्यसकै नाममा अवसरवादीहरू सलबलाई राखेको समेत बताउनुभयो । ‘मलाई लाग्छ हाम्रो सम्माननीय पूर्व राष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जान सक्नुहुन्छ भन्ने म ठान्दिनँ,’ पोखरेलले भन्नुभयो , ‘सामाजिक सञ्जालमा अनेक प्रकारका प्रवृत्ति देखा परिराखेका छन्।’

उहाँले थप्नुभयो, ‘त्यसका नाममा कतिपय अवसरवादी तत्वहरु सलबलाई राखेका छन्।’ पूर्वराष्ट्रपति भण्डारीले आजै काठमाडौँमा आयोजित कार्यक्रममा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गर्नुभएको छ ।

त्यस्तै उहाँले आफू र उपाध्यक्ष विष्णु पौडेलका नाममा कित्ताकाट गर्ने प्रयास भएको समेत उल्लेख गर्नुभयो। ‘शंकर पोखरेल र विष्णु पौडेलका नाममा धार जन्माउने कोसिस भए,’ पोखरेलको भनाइ छ, ‘कित्ताकाटको प्रयत्न नभएको हो र ?’ पार्टीभित्र ध्रुब खडा गर्ने प्रवृत्ति एमालेको हितमा नभएको समेत उहाँको भनाइ छ।