दोहा असार १५ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्र् (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आई पुगनु भएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति ११ः१५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चाधिकारीह? र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीह?ले स्वागत गर्नुभएको थियो ।
यस्तै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चूडामणि कार्कीले पनि भ्रमण दललाई स्वाग गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली शनिबार साँझ काठमाडौँबाट प्रस्थान गर्नुभएको थियो । कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिडमा पुुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्