काठमाडौं, १६ असार । कञ्चनपुरमा बिहानैदेखि ठूलो पानी परिरहेको छ । खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्रहरू भई बहने सिहाली, दोदा ९मछेली० लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
हिजो बेलुकीसम्म धेरै ठाउँमा ठूलो पानी परे पनि राति भने सामान्य वर्षा मात्रै भएको छ । तर पश्चिमी भेगमा आज पनि ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
कञ्चनपुरमा ठूलो वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

प्रतिक्रिया दिनुहोस्