काठमाडौँ, २४ असार । नेपाल–चीन सिमानास्थित ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो क्षति गरेको छ। चीनको ल्हेन्दो र केरुङ खोलामा आएको बाढी नेपालस्थित भोटेकोशीमा भीषण रुप लिँदा रसुवागढी र चीनको केरूङ जोड्ने मितेरी पुल नै बगाएको छ ।
बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर बगाएको छ। त्यसैगरी दर्जनौँ ईभी गाडी पनि बगाएको छ । मालवाहक गाडीका चालक, प्रहरीसहित नेपाली र चिनियाँ गरी १८ जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीमा बगेर मृत्यु भएकामध्ये अहिलेसम्म सातजनाको शव फेला परेको छ । नेपला प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ ।
बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकाका १, २ र ३, आमाछोदिङ्मो गाउँपालिकाका १, २, ४ र ५ उत्तरगया गाउँपालिकाका २, ४ र ५ तथा कालिका गाउँपालिकाको १ नम्बर वडा धेरै प्रभावित भएका छन् ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीले ठूलो परिमाणमा भौतिक सम्पत्ति नष्ट भएको छ।
मानव अंग फेला
उता बाढीमा परेका एकजना मानिसको खुट्टा पनि फेला परेको छ । उत्तरगया गाउँपालिका वडा नं। ५ स्थित खोला किनारमा पुरुष व्यक्तिको दाहिने खुट्टा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
क्षति
नेपाल-चीन जोड्ने मितेरी पुल बगाएर सडक सम्पर्क पूर्ण रुपमा टुटेको,
स्याफ्रुबेंसी-रसुवागढी सडकखण्ड बाढीले गर्दा पूर्ण रुपमा अवरोध भएको,
रसुवा भन्सार कार्यालयको यार्डमा ठूलो क्षति,
इलेक्ट्रिक गाडीको चार्जिङ स्टेशनमा क्षति
रसुवागढी जलविद्युत आयोजनाको ड्याममा सामान्य क्षति
रसुवा भन्सार कार्यालय, टिमुरेको यार्डरसुख्खा बन्दरगाहमा क्षति
भन्सार जाँच पासलाई राखिएकाला केही मालवाहक ट्रक कन्टेनर र विद्युतीय गाडी बगायो
उद्धार गरिएकाको विवरण
९ पुरुषको सुरक्षा निकायबाट संयुक्त रुपमा उद्धार
२ महिला र २१ पुरुषसहित २३ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार
२ महिला र २१ पुरुषसहित २३ जनाको सुरक्षा निकायद्वारा संयुक्त रुपमा उद्धार
उद्धार गरिएकामध्ये ५० नेपाली, ४ भारतीय र १ जना चिनियाँ नागरिक ।
प्रतिक्रिया दिनुहोस्