काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज शुक्रवार दिउँसो २ बजे बस्न लागेको छ।
लामो समयदेखि कार्यपालिका बैठक नबस्दा काम प्रभावित भएपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई बैठक बोलाउन लिखित आग्रह गरेका थिए।
आज बिहान ११ बजे मेयर शाहको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ । त्यसपछि उपप्रमुख सुनिता डङ्गोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक हुने भएको छ।
आजको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट तयार पारेर नगर सभामा पेस गर्नेछ। आजकै बैठकले नगर सभाको मिति पनि तोक्ने महानगरले जनाएको छ।
महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिचकाे विवादका कारण महानगरकाे बजेट तथा कार्यक्रम आउन सकेकाे छैन । याे महिना भित्र बजेट र कार्यक्रम नआए महानगर बजेट तथा कार्यक्रम हाेल्डकाे अवस्थामा पुग्ने छ ।













प्रतिक्रिया दिनुहोस्