काठमाडौँ, २७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले कागज गराएर छाडेको छ।
शुक्रबार बिहान पक्राउ परेका पाठकलाई प्रहरीले कागज गराएर परिवारको जिम्मा लगाएको हो। अबदेखि पूर्वराजा शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर नलेख्ने, आफ्नो फेसबुकमा पोष्टहरू नगर्ने र गरिएका पोस्टहरू डिलेट गर्ने कागज गराएर उहाँलाई छाडिएको प्रहरी स्रोतले जानकारी दियो।
उहाँलाई शुक्रबार बेलुका करिब पौने ८ बजेतिर मात्रै छाडिएको थियो।













प्रतिक्रिया दिनुहोस्