काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा।प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ’ भन्ने सन्देश पार्टीका सांसदहरूलाई पठाउनुभएको हो । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।













प्रतिक्रिया दिनुहोस्