काठमाडौं, २ साउन । स्पेन भ्रमणबाट फर्किएको एक महिना नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली फेरि अर्को विदेश भ्रमणमा जाने हुनुभएको छ ।
प्रधानमन्त्री ओली साउन तेस्रो साता मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जान लाग्नुभएको हो । भूपरिवेष्ठित विकाशसील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको पर्यटकीय सहर अभाजामा हुँदै छ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको यो निकायको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अभाजा जाने हुनुभएको हो । प्रत्येक १० वर्षमा हुने यो सम्मेलन यसअघि ३–५ नोभेम्बर २०१४ (१७–१९ कात्तिक २०७१) मा अस्ट्रियायाको भियनामा भएको थियो।













प्रतिक्रिया दिनुहोस्