जनता टाइम्स

३ श्रावण २०८२, शनिबार ०६:५९

वामदेव–माधव अंकमालप्रति सूर्य थापाको कडा टिप्पणी


काठमाडौं, ३ साउन । शुक्रबार (साउन २ गते) नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन्।
एकता घोषणा सभामा वामदेव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको अंकमालले धेरैको ध्यान खिचेको छ।
यसैबीच नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले त्यस तस्बिरका विषयमा व्यंग्यात्मक टिप्पणी गर्नुभएको छ । वामवदेव र माधवको अंकमाललाई उहाले अर्थ न बर्थ ………..तथा लगनपछिको पोतेको संज्ञा दिनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘वामदेवमा माधवकुमारको आनन्द: अर्थ न बर्थको ….. र ७३ बर्षीय अंकमाल, ऊर्जाबेगरको अभिनय, २०५४ सालमा यो मतिले काम गरेको भए……………?  अनि,निःसर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए …………?  लगनपछिको पोते ’ वामदेव र माधव दुवै एमालेबाट अलग्गिएका नेता हुन्।