जनता टाइम्स

४ श्रावण २०८२, आईतवार १३:०१

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई भेट्न च्यासल जाँदै


काठमाडौँ, ४ साउन । पूर्वराष्ट्रपति  विद्यादेवी भण्डारी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आज च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जाँदै छन्।

भण्डारीको सचिवालयका अनुसार उहाँ आज दिउँसो ३ बजे च्यासल पुग्ने कार्यक्रम रहेको छ।

नेकपा एमालेको केन्द्रीय समिति बैठक भोलिदेखि च्यासलमै सुरु हुँदैछ। बैठकको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति भण्डारीको च्यासल भ्रमणलाई विशेष रूपमा हेरिएको छ।

भण्डारी र ओलीबीच पार्टी संगठन, समसामयिक राजनीतिक अवस्था र बैठकका एजेन्डा बारे छलफल हुने अनुमान गरिएको छ। भण्डारीले पार्टीकाे सक्रिय राजनीतिमा आउन खाेज्नु भएकाे भए पनि एमाले सचिवालय र पाेलिटब्युराे बैठक राष्टपति भइसकेकाे व्यक्ति पार्टीकाे सक्रिय राजनीतिमा आउनु उचित नभएकाे नष्कर्ष निकालेकाे छ ।