काठमाडौं, ४ साउन । जनकपुरको एक होटलमा धारिलो हतियार प्रहारपछि एक तलामाथिबाट खसालेर एक युवकको हत्या गरिएको छ ।प्रहरीका अनुसार हत्या हुनेमा महोतरी गाउँपालिका–१ पर्सा बस्ने २८ वर्षीय शनि भन्ने बिमलेश यादव रहेका छन् । जनकपुरको जिरोमाइल स्थित होटल एसपी एन्ड गेस्ट हाउसमा शनिबार राति ३ बजेतिर धारिलो हतियार प्रहार गरी एक तल्ला माथिबाट खसालेको अवस्थामा ती युवक फेला परेका थिए ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिनुभयो । प्रहरी स्रोतका अनुसार राति एकजना युवतीसँगै ती युवक होटलमा बस्न गएका थिए । युवतीले नै हत्या गराएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्