काठमाडौं, ४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतले उहाँविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । उक्त अनुमतिका आधारमा उहाँलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिनुभयो । चैत २५ मा उहाँविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो ।उहाँविरुद्ध फौजदारी कसुरमा जाहेरी परेको भनिए पनि प्रहरीले औपचारिक रुपमा यसबारे भनेको छैन ।
मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ













प्रतिक्रिया दिनुहोस्