काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा सरकारले खानेपानीको व्यवस्था छिट्टै गर्ने बताउनुभयो। बुधबार प्रतिनिधिसभा बैठकमा उहाँले सिँचाइको प्रबन्ध युद्धस्तरमा गरिने स्पष्ट पार्नुभयो । “छिट्टै नै डिपबोरिङ, सिँचाइको प्रबन्ध जे गर्न सकिने हो, युद्धस्तरमा सरकारले गर्छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण शक्ति प्रयोग गरिने बताउनुभयो । आवश्यक परे नेपाली सेनासमेत परिचालन गरिने उहाँको भनाइ छ । उहाँले समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले तराईमा पानी कम परेर रोपाइँ हुन नसकेको बताउनुभयो । “जहाँ रोपाइँ भएको छ, त्यहाँ धाजा फाटेको छ,” उहाँ भन्नुभयो ।
उहाँका अनुसार, मन्त्रिपरिषद्ले मधेसलाई प्राकृतिक विपद्ग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । आपत्कालीन ढंगले बजेटको व्यवस्था गर्न सकिने पनि उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले केही अल्पकालीन र दीर्घकालीन उपाय अवलम्बन गरिने ।












प्रतिक्रिया दिनुहोस्