काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने विषयमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । बुधबार प्रतिनिधिसभाको प्रश्नोत्तरमा ओलीले हल्ला चलेको र स्टाटस लेखेको भरमा कारबाही नहुने बताउनुभयो । “हल्ला केही चल्यो वा कसैले केही बोल्यो, कहीँकतै छपायो अथवा फेसबुकमा स्टाटस लेख्यो, त्यसैको आधारमा कारबाही हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा हुनुपर्छ,” उहाँले भन्नुभयो ।
तीनै तहका सरकारका कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति वा पदाधिकारी कानुनी दायराभन्दा बाहिर नरहेको दाबी गर्नुभयो । “कहीँकतै आर्थिक विचलन र अनुचित देखिएमा कानुनबमोजिम कारबाही भइरहेको छ र हुनेछ,” उहाँले भन्नुयभो । गम्भीर आशंका वा प्रश्न उठेको खण्डमा शून्य सहनशीलताको नीति लिने सुनाउनुभयो । “गम्भीर आशंका हुने खालका वा गम्भीर प्रश्न उठेका खण्डमा मैले असहिष्णुताको नीति लिनैपर्छ । भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतको नीति लिनुपर्छ,” उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्