काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर सर्वोच्च पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुने बताउनुभएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले सर्वोच्च पदमा पुगेको व्यक्तिले पदको गरिमा छाडेर वडाध्यक्ष बन्न तम्सिन नहुने बताउनुभयो । ूअहिले सर्वोच्च पदमा पुगेका मान्छेहरू आफ्नो गरिमा छोडेर वडाध्यक्षतिर ध्यान दिएको देख्नमा आएको छ । सरकारको ध्यान पुगोस् । सर्वोच्च पदमा पुगेको मान्छे फेरि वडाध्यक्ष हुनुहुँदैन, खतिवाडले भन्नुभयो । खतिवडाले खानेपानीमन्त्री प्रदीप यादव एक महिनादेखि हराएको भन्दै कटाक्ष पनि गर्नुभयो। मधेसमा खानेपानीको हाहाकार हुँदा मन्त्रीले जिम्मेवारी बहन गर्न नसकेको उहाँको भनाइ छ । मधेसमा खानेपानीको हाहाकार छ । मान्छेहरू गाग्री लिएर सडकमा आउने स्थिति सिर्जना भयो । संघीय संसद्मा खानेपानीमन्त्री र मन्त्रालय पनि छ भन्ने जानकारी छ । एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो । देखा पर्न सक्नुभएको छैन, उहाँले भन्नुभयो ।
पूर्वराष्ट्रपति प्रति रामहरिको टिप्पणी– सर्वोच्च पदमा पुगेको व्यक्ति वडाध्यक्ष बन्न तम्सिन हुँदैन













प्रतिक्रिया दिनुहोस्