काठमाडौं, ७ साउन । सत्तारुढ नेकपा एमालेले राष्ट्र प्रमुख भइसकेको व्यक्ति पुरानो दलमा फर्किने विषय नेपालको संविधानले परिकल्पना नगरेको निर्णय गरेको छ।एमालेको ९ औँ केन्द्रीय कमिटीले गरेका गरेका निर्णयमा पुरानै जिम्मेवारीमा फर्किएमा पदमा रहेर गरेका काम समेत विवादित हुन सक्ने उल्लेख गरिएको छ।
‘संवैधानिक राष्ट्राध्यक्षको व्यवस्था रहेको हाम्रो लोकतान्त्रिक प्रणाली कार्यकारी प्रमुखका रुपमा राष्ट्रपति रहने मुलुकको प्रबन्ध भन्दा भिन्न रहेको स्पष्ट छ,’ निर्णयमा भनिएको छ, ‘यस्तो गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन। यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरु विवादित हुन सक्छन्।’














प्रतिक्रिया दिनुहोस्