जनता टाइम्स

८ श्रावण २०८२, बिहीबार १९:३३

प्रतिनिधिसभाले भूमि विधेयकलाई संसदीय समितिमा पठायो


काठमाडौं, ८ साउन । प्रतिनिधिसभाले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभासमक्ष प्रश्तुत गर्नुभएको थियो । यो प्रस्तावलाई संसद्ले सर्वसम्मत रूपमा स्वीकृति जनाएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।