काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक डाक्नुभएको छ । शुक्रबार बिहान ९ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी देउवाले डाक्नुभएको हो । बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
काँग्रेसले शुक्रबारका लागि बोलायो पदाधिकारी बैठक













प्रतिक्रिया दिनुहोस्