काठमाडौँ, ११ साउन । एक वर्षमा २ हजार ३६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्त सम्ममा २३ सय ६९ जना प्रहरीले राजीनामा दिएर सेवा छाडेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले जानकारी दिनुभयो । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो , ‘राजीनामा दिनेमा १९ जना सिनियर अधिकृत छन् ।’ एक वर्षको अवधिमा ४०१ जना जुनियर अधिकृतले राजीनामा दिएका छन् । प्रहरी सहायक निरीक्षक (असई) देखी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सम्मको दर्जालाई जुनियर अधिकृत भनिन्छ । जुनियर अधिकृत भन्दा तल्लो दर्जामा कार्यरत १ हजार ९४९ जनाले एक वर्षमा जागिर छाडेका छन् । गत आर्थिक वर्षमा ५२३ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधि र उमेर हद पुरा गरेर प्रहरी कर्मचारीहरू अनिवार्य अवकाशमा जान्छन् ।













प्रतिक्रिया दिनुहोस्