जनता टाइम्स

११ श्रावण २०८२, आईतवार १९:४२

मिनिबसको ठक्करबाट युवकले ज्यान गुमाएको २० वर्षपछि समातिए चालक


काठमाडौं, ११ साउन ।  काठमाडौंको तिलगंगास्थित आँखा अस्पतालनजिकको सडकमा २०६२ भदौ २५ गते मिनिबसले ठक्कर दिएर एकजनाको ज्यान लिएपछि फरार चालक २० वर्षपछि समातिएका छन् ।बा १ ख ७१४४ नम्बरको मिनीबसले नुवाकोटका २७ वर्षीय कमल तामाङलाई ठक्कर दिएर ज्यान गएपछि फरार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ निवासी नानीराम खरेललाई प्रहरीले आइतबार पक्राउ गरेको हो । सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिादी जिल्ला सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका २ र भइ बस्ने ५० वर्षीय खरेललाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले गौशालाबाटै पक्राउ गरेको हो । उनलाई उक्त मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।