जनता टाइम्स

१६ श्रावण २०८२, शुक्रबार ०९:४८

हर्क साम्पाङकाे प्रश्न : स्वर्णीम वाग्ले एमसिसीको मतियार, कुलमानको भुमिका चाहीँ के हो ?


काठमाडौं, १६ साउन । धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङ एमसिसीको विषयलाई लिएर फेरि आरोप प्रत्यारोपमा उत्रिनुभएको छ ।

उहाँले एमसिसी पास हुँदा आफू सडक विरोधमै रहेको बताउँदै अन्यको भूमिकामाथि गम्भीर प्रश्‍न उठाउनुभएको छ । ‘हामी सडकमा थियौँ, एमसिसी पास भइरहँदा कुलमानजीको भूमिका के थियो साँचि ?’ उहाँले सामाजिक सञ्जलामा लेख्नुभएको छ , यो कुराले निक्कै महत्व राख्छ है, स्वर्णीमजी त एमसिसीको मतियार नै हो क्यार’,  एमसिसीले नेपालमा लगानीलाई निरन्तरता दिइरहेको सन्दर्भमा उहाँको यस्तो प्रतिक्रिया आएको हो।