जनता टाइम्स

१६ श्रावण २०८२, शुक्रबार १४:२५

देउवा जंगिएपछि राजीनामा दिन्छु भन्दै हेटौडातिर लागे बहादुर


काठमाडौं, साउन १६ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार हुनुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बूढानिलकण्ठमा बोलाएरै लोकतान्त्रिक मूल्य मान्यताअनुसार मार्ग प्रशस्त गर्न निर्देशन दिनुभएपछि राजीनामा दिन तयार हुनुभएको हो ।

संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिनुभएको थियो । उहाँले मन्त्रिपरिषदसमेत बिस्तार गर्नुभएको थियो । तर, देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराउनु भएको छ ।
दलको निर्वाचनमा मुख्यमन्त्री लामानिकट रहेका सांसद तीर्थ लामाले मुख्यमन्त्रीले भोलिसम्ममा राजीनामा दिने जानकारी दिनुभएको छ ।