चितवन, साउन २३ । पहिरोले पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहान धादिङको गजुरी गाउँपालिका–६, जरे पुलनजिक रुखसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि साना–ठूला गरी करिब ७८० सवारीसाधन विभिन्न स्थानमा होल्ड भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
एसपी सुवेदीका अनुसार गजुरीमा १००, खानीखोलामा १००, खत्रीपौवामा ५०, आदमघाटमा २५०, मलेखुमा ८० र विशालटारमा २०० सवारीसाधन रोकिएका छन् ।
साना गाडीहरूलाई भने वैकल्पिक मार्ग प्रयोग गरी डाइभर्सनमार्फत् पठाइरहेको प्रहरीले जनाएको छ । यो सडकखण्ड काठमाडौं भित्रिने मुख्य नाकामध्ये एक हो ।













प्रतिक्रिया दिनुहोस्