हेटौँडा, साउन २९ । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने खर्च ५० प्रतिशत कटौती गर्ने घोषणा गर्नुभएको छ ।
भरखरै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएका मुख्यमन्त्री बानियाँले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट सो निर्णय गर्नुभएको हो । उहाँले कटौती गरिएको खर्च निर्वाचन क्षेत्रमा रहेका विपन्न नागरिकका लागि घर निर्माणमा खर्च गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँका अनुसार आगामी दसैंअघि नै मकवानपुर क्षेत्र नम्बर २ (ख) का गरिब परिवारलाई आवास उपलब्ध गराउने योजना तत्काल कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।
त्यस्तै, पहिलो क्याबिनेट बैठकले सीमान्तकृत र आर्थिक रूपमा कमजोर समुदायका विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति वितरण गर्ने निर्णय पनि गरेको छ । वनकिरिया, थामी, चेपाङ, जिरेल, पहरीलगायत पछाडि परेका वर्गका विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने गरी सरकारकाे छात्रवृत्ति उपलब्ध गराउने योजना रहेको मुख्यमन्त्री बानियाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्