रामेछाप, साउन ३० । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रामेछापको आयोजनामा तथा राष्ट्रिय युवा संघ नेपाल मन्थली नगर कमिटीको समन्वयमा मन्थली नगरपालिका–५ सुनारपानीकाे भैरवी चउर सुनारपानीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी रामेछापका उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाश कुमार कार्की, केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज गणेश बज्र लामा, केन्द्रीय सदस्य तथा कृषि, सहकारी र वित्त विभागका उपप्रमुख सुरेन्द्रबहादुर कार्की, संगठनका केन्द्रीय लेखा आयोगका उपप्रमुख अमित कार्की, केन्द्रीय युवा विज्ञ परिषद् उपप्रमुख अरुण खडका, युवा विज्ञ परिषद् सदस्य ज्ञानकुमार खड्का, रामेछाप जिल्ला संयोजक शिवसागर मगर, मन्थली नगरपालिका–५ का वडाध्यक्ष नवीन कार्की, नेकपा एमाले जिल्ला कमिटी सदस्य राधा कार्की नेकपा एमाले मन्थली नगर कमिटीका सचिव गणेश कार्की, संघक जिल्ला कमिटीका सचिव रामहरि कार्की, कोषाध्यक्ष दिपक भण्डारी, संघका मन्थली नगर कमिटी अध्यक्ष रोशन श्रेष्ठ, संघको जिल्ला कमिटी सदस्य रमेश बुढाथोकी, अनेरास्ववियु खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष दीपेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा आँप, कटहर, पिकानटस, टाँकी, तेजपत्ता, जकारन्डा, अमला लगायतका बिरुवाहरू रोपेर वातावरण संरक्षण र हरियाली विस्तारको सन्देश प्रवाह गरिएको थियो।













प्रतिक्रिया दिनुहोस्