रामेछाप, साउन ३१ । बिरामीलाई रगत अभाव हुन नदिन रामेछापका युवाहरूले शनिबार मन्थलीमा सामूहिक रक्तदान गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल रामेछापको आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा १८ जनाले रक्तदान गरेको संघका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज गणेशबज्र लामाले जानकारी दिनुभयो ।

संघका जिल्ला अध्यक्ष शिवसागर मगरका अनुसार वर्षायाममा प्रायः रगतको अभाव हुने भएकाले सो कमी न्यूनीकरण गर्न संगठनको केन्द्रले नै साउन महिनामा सबै जिल्लामा रक्तदान तथा वृक्षारोपण कार्यक्रम गर्न निर्देशन दिएको थियो । ‘रगत दान जीवन दान हो, संगठनको वार्षिक कार्यक्रमअनुसार पनि हामीले यो काम गरेको हौँ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठसहितका युवाले रगत दिनुभएकाे छ । रक्तदातालाई संघको तर्फबाट सभापति श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्