जनता टाइम्स

३१ श्रावण २०८२, शनिबार २०:१६

भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै, यस्तो छ खास कारण


काठमाडौं, साउन ३१ । भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल भ्रमणमा आउने हुनुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय समकक्षी मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो ।

भारतले छिमेकी पहिलो नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको छ । त्यसकै निरन्तरता स्वरूप विदेश सचिव मिस्रीको नेपाल भ्रमण हुन लागेको भारतीय दूतावासले जनाएको छ ।

विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अपेक्षा गरिएको छ । नेपाल र भारतबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ । बिदेश सचिव मिस्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिनका लागि नेपाल आउन लाग्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ अन्तिममा भारत भ्रमण गर्ने तयारी छ । विदेश सचिव मिस्रीको नेपाल भ्रमणलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका रूपमा पनि लिइएको छ ।