जनता टाइम्स

१ भाद्र २०८२, आईतवार ०७:१०

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


भरतपुर, १ भदौ । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

उक्त ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।