काठमाडौं, भदौ १ । वाग्मती प्रदेश सभा सदस्य किरण थापा मगर पुनः वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएसँगै आइतबार भक्तपुरका विभिन्न संस्थाहरूले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नेकपा एमाले भक्तपुरका उपाध्यक्ष समेत रहनुभएका मन्त्री थापा इन्द्र बानियाँको नेतृत्वमा बनेको वाग्मती प्रदेश सरकारमा स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको हो । यसअघि उहाँ बहादुरसिं लामा नेतृत्वको सरकारमा समेत स्वास्थ्य मन्त्री रहनुभएका थिए । अघिल्ला पटक स्वास्थ्य मन्त्री हुँदा उल्लेख्य काम गरेका कारण उहाँ फेरी स्वास्थ्य मन्त्रीमा दोहोरिनु भएको हाे।
उहाँलाई आइतबार सूर्यविनायक नगरपालिकाले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी मायाको चिनो प्रदान गरेको छ । सो कार्यक्रममा नगरप्रमुख तथा जनप्रतिनिधिहरूले उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री थापालाई सम्मान गरिएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समितिले पनि उहाँलाई बधाई तथा सम्मान प्रदान गरेको छ ।

त्यस्तै नेपाल निजामती कर्मचारी संगठन भक्तपुरले समेत मन्त्री थापालाई बधाई व्यक्त गरेको छ । सो अवसरमा मन्त्री थापाले कर्मचारीहरूसँग विभिन्न विषयमा छलफल गर्नुहुँदै आगामी दिनमा स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्