जनता टाइम्स

३ भाद्र २०८२, मंगलवार १०:३७

एमालेले बोलायो आकस्मिक बैठक


काठमाडौं,३ भदौ ।  सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । साढे दश बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलावट भएको एमाले सांसद सूर्य थापाले जानकारी दिनुभयो । प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ । त्यसअगाडि आज एमालेले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।