जनता टाइम्स

५ भाद्र २०८२, बिहीबार ०७:४०

स्मार्ट ठगले नानीका बालाई नख्खुमै बोलाएछन् : महेश बस्नेत


काठमाडौं, ५ भदौ । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो रास्वपाका सभापति रवि लामिछानेलाई भेटेको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यङ्ग गर्नुभएको छ।

सहकारी ठगीको आरोपमा जेलमा रहेका लामिछानेलाई ‘स्मार्ट ठग’को संज्ञा दिँदै आएका बस्नेतले अध्यक्ष दाहाललाई ‘नानीको बा’ भन्दै व्यंग गर्नुभएको हो । ‘नो नोट अगेन’ को नारासहित स्मार्ट ठगले हिजो बा, देउवा र नानीका बालाई राजनीतिबाट निकाल्छु भन्थे’, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ ‘ विडम्बना, आज उल्टै जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाए छन्।’

भैरहवा कारागारबाट हालसालै नख्खु कारागारमा रहेका रविलाई लिएर उहाँले व्यङ्ग गर्नुभएको हो । यस अघि पनि बस्नेतले रविका बारेमा सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी गर्दै आउनुभएको छ ।