काठमाडौं, भदौ ५ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महिलाहरूलाई आर्थिक रूपमा बलियो बनाउनको लागि महिला उद्यमीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित तीज विशेष तथा महिला उद्यमी सम्मान कार्यक्रममा उनले महिलाहरू सक्षम हुनका लागि आर्थिक रूपमा सशक्त र आत्मनिर्भर हुनुपर्ने भन्दै यसको लागि उद्यमीहरूको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।
आर्थिक रूपमा सबल भएपछि मात्र आत्मविश्वास बढ्ने उहाँको धारणा छ । ‘महिलाहरू तब मात्र सक्षम हुन्छौँ, जब हामी आर्थिक रूपमा सशक्त हुन्छौँ वा आर्थिक रूपमा आत्मनिर्भर हुन्छौँ, जब आर्थिक रूपमा बलियो हुन्छौ, तब आफ्ना लागि आफैले निर्णय गर्न सक्ने क्षमता विकास हुन्छ, यहाँ उपस्थित महिलाहरू त सशक्त हुनुहुन्छ तर अन्य महिलाहरूलाई पनि आर्थिक रूपमा बलियो बनाउन तपाईँहरूको ठुलो भूमिका होस्’, उहाँले भन्नुभयो ।
उहाँले आफ्ना दुःख खुलेर बाँड्न पनि आग्रह गर्नुभयो । सबै दुःख सुखका कुरा एक आपसमा बाँडौँ, सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ रे, दुःख बाँडेर घटाउनुस्’, उहाँले भन्नुभयो ।
उहाँले नाच्दाखेरि पसिना बगेसँगै दुःख बगेर जाओस् भन्ने कामना गर्नुभयो । नाच्दा मन प्रफुल्ल भएजस्तै सधैँ मन प्रफुल्ल होस् भन्ने कामना पनि डङ्गोलले गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्